घटस्थापनाको दिन ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

Rajesh
22 Sep 2025
economy

आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।

गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा अवस्था सामान्य छ । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरोले ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरुको चाप भने सडकमा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलिसकेकाले अब विस्तारै सामान्य हुँदै जाने ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुको विश्वास छ ।

         

Comments

No comments yet. Be the first to comment!

Log in to leave a comment.