पत्रकार जगदीश खरेल मन्त्री बन्ने

Rajesh
21 Sep 2025
political

काठमाडौँ– पत्रकार जगदीश खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने भएका छन्।

चुनावी प्रयोजनका लागि गठन भएको सरकारलाई पूर्णता दिन प्रधानमन्त्री कार्की लागिरहेका बेला खरेललाई मन्त्री बनाउने पक्का भएको स्रोतले जानकारी दियो।

उनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

उनी हाल इमेज खबरका प्रधान सम्पादक हुन्। कार्कीले सञ्चार मन्त्री बन्नका लागि अरु केही प्रतिष्ठित पत्रकारहरुलाई पनि आग्रह गरेकी थिइन् तर उनीहरूले अस्वीकार गरेका छन्।

         

Comments

No comments yet. Be the first to comment!

Log in to leave a comment.