एएफसी यू-२३ एसियन कप छनोट: ताजिकिस्तानसँग नेपालको फराकिलो हार

Rajesh
04 Sep 2025
Sports

एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजजिकिस्तान पुगेको नेपाल घरेलु टोलीसँग ४-० को फराकिलो हार भोग्न बाध्य भएको छ।

घरेलु टोलीले पूर्ण रुपमा दबाबमा राख्दै पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा ३ गोल थपेको थियो।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको छनोटको पहिलो खेलनै नेपाललाई निकै कठिन बन्यो। ३ अंक बटुल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल कुनैपनि समय खेलमा हावि हुन सकेन्। नेपालले पहिलो र दोस्रो हाफमा अधिकांश समय संघर्ष गर्नु परेको थियो।

पाएको मौकालाई सदुपयोग गर्दै घरेलु टोलीका लागि अजिजबोइभ मुहम्मदलीले दुई तथा रहमतसोच रहमातजोदा र डलीर शरिपोभले समान एक-एक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अङ्क दिलाए। योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोट हुने सम्भावना बलियो बनाएको छ। नेपाललाई भने यो छनोट यात्रा कठिन देखिउको छ।

खेलमा ३९औं मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो गोल गर्योश्र अमादोनीले कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट अजिबोइभ लाई कट पास दिएका थिए। जसलाइ उनले सहज गोलमा परिणत गरे।

पहिलो हाफमा एक मात्रै गोल बेहोरेपनि दोस्रो हाफमा भने ताजकिस्तानले पूर्ण रुपमा खेल नियन्त्रणमा लिँदै दोस्रो हाफको केही मिनेटमै अग्रता दोब्बर बनाए। त्यसपछि खेलको अन्तिम समयमा नेपालले दुई गोल खायो। निर्धारित समय सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा रहमतशोले तेस्रो गोल थपे। इन्जुरी समयमा उसले चौंथो गोल गर्यो। यो पटक डलीरले टिमका लागि चौंथो गोल गरेका थिए।

बुधबार नै यही समूहअन्तर्गत सम्पन्न आफ्नो पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २-१ ले पाखा लगाएको थियो। ताजकिस्तानले भने फिलिपन्ससँग खेल्ने छ। अब नेपाललाई छनोटको यात्रा जीवित राख्न अन्य टिमसँग फराकिलो जितको प्रतीक्षा गर्नु पर्नेछ।

         

Comments

No comments yet. Be the first to comment!

Log in to leave a comment.