राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

Rajesh
21 Sep 2025
political

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेका हुन्।

यसबारे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

         

Comments

No comments yet. Be the first to comment!

Log in to leave a comment.