डेम्बेलेले फ्रान्सका लागि रचे इतिहास

Rajesh
24 Sep 2025
Sports

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) का फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि'ओर अवार्ड पहिलो पटक जितेका छन्।

२८ वर्षीय फ्रान्सेली फरवार्डले गत सिजन पिएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। उनको प्रभावशाली प्रदर्शनमा क्लबले युरोपियन च्याम्पियन्स लिग, फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितेका थिए।

उनी २१ गोलका साथ लिग वानमा संयुक्त शीर्ष गोलकर्ता थिए। उनी फ्रेन्च शीर्ष डिभिजन र च्याम्पियन्स लिग प्लेयर अफ द इयर पनि घोषित भए।

पिएसजीका प्रशिक्षक लुइस एनरिकलाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरियो।

डिसेम्बर १५ मा लियोनविरुद्धको खेलमा प्रशिक्षक एनरिकले डेम्बेलेलाई दायाँ विङबाट सेन्टर फरवार्डको भूमिकामा सारेका थिए, त्यसबेलासम्म उनले पाँच गोल मात्र गरेका थिए।

त्यस मितिदेखि उनले पिएसजीका लागि ३० गोल गरे।

स्पेनिस महारथी बार्सिलोनाले २०१७ मा बोरुसिया डर्टमन्डबाट उनलाई अनुबन्ध गरेको थियो। २०२५ को बालोन डि'ओर अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित भएको पिएसजीले २०२३ मा उनलाई मात्र ४३.५ मिलियनमा पाउन्ड भित्र्याएर ठूलो फाइदा लिएको थियो।

डेम्बेलेले २०२४-२५ मा फ्रान्सका लागि सात खेलमा दुई गोल पनि गरे।

उनी यो अवार्ड जित्ने छैटौं फ्रान्सेली र २१ औं शताब्दीका करिम बेन्जेमा (२०२२ मा) पछि दोस्रो खेलाडी हुन्।

१८ वर्षीय लामिन यामाल दोस्रो स्थानमा रहे। उनले कोपा ट्रफी (उत्कृष्ट युवा खेलाडी) पनि जिते।

शीर्ष १० खेलाडीमध्ये पाँच जना गत सिजन पिएसजीको टोलीबाट खेलेका खेलाडी थिए। जसमा भिटिन्हा (तेस्रो), अचराफ हाकिमी (छैटौं), जियानलुइगी डोनारुम्मा (नवौं) र नुनो मेन्डेस (दसौं) थिए।

लिभरपुलका मोहम्मद सलाह चौथो र चेल्सी तथा इंग्ल्यान्डका कोल पाल्मर आठौं स्थानमा रहे।

गत वर्षका विजेता म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्री चोटका कारण यो सिजनको सर्टलिस्टमा परेनन्।

आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले २०२४-२५ मा युरोपेली फुटबलमा क्लब र देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गेर्ड मुलर ट्रफी जिते।

२७ वर्षीय खेलाडीले गत सिजन पोर्चुगिज क्लब स्पोर्टिङका लागि ५२ खेलमा ५४ गोल र स्विडेनका लागि ६ नेसन्स लिग खेलमा ९ गोल गरे।

लामिन यामाल बालोनले कार्यक्रमको केही घण्टाअघि मुख्य ट्रफी जितेको हल्ला चलेको थियो। तर बार्सिलोनाका स्टारले दोस्रो वर्ष लगातार (कोपा ट्रफी) २१ वर्षमुनिका उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे।

इटालियन गोलकिपर डोनारुम्मा जो अहिले म्यानचेस्टर सिटीमा छन्, उनले २०४-२५ मा पेरिस सेन्ट-जर्मेनमा गरेको प्रदर्शनका लागि उत्कृष्ट गोलकिपरको अवार्ड जिते।

२६ वर्षीय खेलाडीले ट्रेबल विजेता पिएसजीका लागि ४७ खेलमा १७ क्लिनसिट राखेका थिए। उनी यो सिजनको डेलाइन डेमा सिटीमा २६ मिलियन पाउन्डमा आबद्ध भएका थिए।

         

Comments

No comments yet. Be the first to comment!

Log in to leave a comment.